Sunday, 30th August, 2026
वि.स.

मकवानपुरको दुई गाउँपालिकामा दादुराको प्रकोप

swasthya-1588396724.jpg

मकवानपुरको दुईवटा गाउँपालिकामा दादुराको प्रकोप देखा परेको छ । जिल्लाको विकट कैलाश गाउँपालिका र राक्सीराङ गाउँपालिकाको केही वडामा दादुराको प्रकोप देखापरेको हो । पहिले दादुरा र रुबेला विरुद्धको खोप नलगाएको स्थानमा यो रोग देखापरेको छ । दादुरा रोगको निवारण भइसकेपछी फेरी एक जना भन्दा वढी व्यक्तिलाई रोग देखापरेमा प्रकोप भनिन्छ ।

बागमती प्रदेशका तीन वटा जिल्लाका विकट क्षेत्रमा दादुरा रोगको प्रकोप देखापरेको प्रदेश स्वाथ्य निर्देशनालय हेटौडाका निर्देशक रमेश प्रसाद अधिकारीले जानकारी दिए ।
मकवानपुरका दुईवटा गाउँपालिका सहित चितवनको राप्ती नगरपालिकाका, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र गजुरीमा दादुराको प्रकोप देखापरेको उनले वताए । मकवानपुर र चितवन जिल्लामा दादुरा विरुद्धको खोप लगाउने तयारी भएको अधिकारीले जानकारी दिए ।

अहिले पहिलो चरण भएकाले केही व्यक्तिलाई मात्र यो रोग देखापरेको छ । अव नियमित खोपसेवाका कार्यक्रम भने सुरु गर्ने तयारी गरिएको छ । यो खोप ६ महिना देखि १५ वर्ष सम्मकालाई लगाउने तयारी गरिएको उनले वताए । दादुराको निवारण गर्न लागिएको समयमा फेरी यो रोग देखापरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०