Monday, 31st August, 2026
वि.स.

मकवानपुरका स्थानीय तहमा नेकपा नेतृत्वको लागि बन्यो कार्यविधि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मकवानपुरको सम्पन्न सचिवालय बैठकले एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने निर्णय गरेको छ । 

हेटौंडामा सम्पन्न बैठकले मकवानपुरको स्थानीय तहमा पार्टी एकताको लागि कार्यविधि समेत निर्माण गरेको छ  निर्णय अनुसार जिल्ला कमिटीमा रहेकाहरु पार्टीको स्थानीय तहको नेतृत्वमा जान नपाउने भएका छन् । सचिवालय बैठकबारे जानकारी दिँदै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले जिल्ला कमिटीमा भएकालाई स्थानीय तहको नेतृत्वमा नपठाउने गरी एक पद एक नेतृत्वको नीति बनाईएको जानकारी दिए ।

कार्यविधि अनुसार पार्टी एकतापूर्व तत्कालीन एमाले तथा माओवादीको गाउँपालिका अध्यक्षहरु नै पुनः अध्यक्ष तथा सचिव हुनेछन् । तत्कालीन अध्यक्षहरु या सचिव जिल्ला सदस्य वा जनप्रतिनिधिको भूमिकामा रहेको अवस्थामा उनीहरुको स्थानमा उपाध्यक्ष, सचिव तथा अध्यक्ष हुनेछन् । उपाध्यक्ष र सचिव पनि जिल्ला समितिमा भए गाउँपालिका कमिटीको सबैभन्दा अनुभवी र क्रियाशील सदस्यलाई नेतृत्व दिईने छ ।

तत्कालिन नेकपा एमालेले ६ वटा स्थानीय तह तथा तत्कालीन माओवादी केन्द्रले ४ वटा स्थानीय तहको नेतृत्व गर्ने निर्णय पनि बैठकले गरिसकेको छ । हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिकामा तत्कालिन एमालेले नेतृत्व गर्ने भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०