Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका सामुदायिक क्याम्पस तथा विद्यालय बन्द, निजी पनि बन्द गर्ने तयारी

mmc-1584600645.jpg

 विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई न्युनिकरण गर्न विशेष सतर्कता अपनाउनुपर्ने सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसईई० स्थगन सँगै देशभरका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेसँगै मकवानपुरका सामुदायिक क्याम्पस तथा विद्यालयहरु आजबाट बन्द भएका छन् । मकवानपुरका अधिकांश क्याम्पसहरुमा चलिरहेको आन्तरिक परीक्षालाई रोकेर नै पठनपाठन बन्द गरिएको छ भने विद्यालयस्तरका सम्पुर्ण परीक्षा सकिएसँगै विद्यालय बन्द भएका हुन् ।

 मकवानपुर बहुमुखी क्याम्पसले चैत्र मसान्तसम्म क्याम्पसको सम्पुर्ण पठनपाठन कार्य बन्द गरेको छ । क्याम्पसले ६ चैत बाट लागु हुनेगरी चैत्र मसान्तसम्मका लागि क्याम्पस बन्द गरिने जानकारी गराएको छ । आज क्याम्पस प्रमुख डा। शंकर प्रसाद उपाध्यायले सुचना प्रकाशित गर्दै सरकारको निर्देशन अनुसार नै चैत्र मसान्तसम्मका लागि क्याम्पसको पठनपाठन बन्द गरिएको बताए । नेपाल सरकार तथा त्रिभुवन विश्वविद्यालयले थप निर्णयहरु गरेमा सोहीअनुसार क्याम्पस अघि बढ्ने सुचनामा उल्लेख गरिएको छ । यस्तै क्याम्पसले अर्को सुचना जारी नभएसम्मका लागि कक्षा १२ को आन्तरिक परिक्षा तथा प्रयोगात्मक परिक्षा समेत स्थगित गरेको छ ।

हेटौंडा–९ को प्रगती माविले पनि कक्षा १२ सम्मका सम्पुर्ण पठनपाठन बन्द गरेको छ । कक्षा ९ सम्मका सम्पुर्ण परिक्षा ५ गतेसम्म नै सकिएको र कक्षा ८ को आज एउटा अन्तिम परिक्षा सकिएसँगै विद्यालय बन्द हुने विद्यालयका प्रधानाध्यापक निरञ्जन प्रसाद ढकालले जानकारी दिए । यस्तै कक्षा ११ र १२ का विद्यार्थीलाई पनि आजबाट नै बिदाको जानकारी गराइएको उनले बताए ।  भुटनदेवी मावि पनि आजबाट नै बन्द भएको छ । विद्यालयस्तरका परिक्षा सकिएलगत्तै सम्पुर्ण पठनपाठन बन्द भएको छ । क्याम्पसस्तरका बिद्यार्थीहरुलाई पनि बिदा दिइएको छ । क्याम्पसमा पढाई हुने सम्पुर्ण कोर्ष सकिएको कारण बन्दले बिद्यार्थीको अध्ययनका कुनै असर नगर्ने विद्यालयका प्रधानाध्यापक माधव दाहालले बताए ।
यस्तै मकवानपुरका नीजि विद्यालयहरु भने ७ चैत्र बाट बन्द गर्ने तयारी गरिएको छ । नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० मकवानपुरका अध्यक्ष मदन दाहालले आज नै बैठक बसेर निर्णय गराई भोलीबाट नै सम्पुर्ण नीजि विद्यालयहरु बन्द गराउने बताए । विद्यालय बन्दसँगै विद्यालयमा चलिरहेको अन्तिम परीक्षा पनि रोकिने उनले जानकारी दिए । यस्तै हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा पनि आज बैठक बसी शुक्रबारबाट अध्ययन अध्यापन बन्द गर्ने विद्यालयका प्रिन्सिपल पुरन बहादुर जोशीले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०