Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरका सांसद खतिवडाले घरभाडा रकम फिर्ता गर्ने

मकवानपुर क्षेत्र नंबर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विरोध खतिवडाले घरभाडाको रकम फिर्ता गर्ने भएका छन् । काठमाण्डौँ उपत्यकामा घर भएका सांसदहरुले समेत घरभाडा रकम लिएको भन्ने समाचार सार्वजनिक भएपछि उनले उक्त रकम सचिवालयको त्रुटिको कारण आफ्नो खातामा आएको भन्दै फिर्ता गर्ने बताएका हुन् ।

सांसद खतिवडाले सचिवालयमा आफुले काठमाण्डौँमा घर भएको जानकारी गराएको भएपनि सचिवालयले सिधै खातामा पैसा हाल्दा घरभाडा समेत एकमुष्ट हालेको र आफुले उक्त विषय याद नगरेको बताए । सांसदहरुको खातामा सिधै सचिवालयबाट पैसा जान्छ, केहि पैसा लेवि कट्टा हुन्छ र केहि कर कट्टा हुन्छ, त्यसकारण मैले के कति पैसा प्राप्त गरे भन्ने विषय याद गरिन उनले भने । उनले आफुले उक्त रकम फिर्ता प्रक्रिया अबको केहिदिनमानै गर्ने समेत बताए ।

केहिदिन पहिले खोज पत्रकारिता केन्द्र (खोपके) ले काठमाण्डौँमा घर, महल हुने सांसदहरुले समेत घरभाडा लिएको भन्ने अनुसन्धनात्मक समाचार प्रकाशन गरेपछि यो विषयले सामजिक सञ्जालमा समेत ब्यापक चर्चा परिचर्चा पाएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif