Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरका बर्तौला राप्रपाका सहायक महामन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नौ जना सहायक महामन्त्री मनोनयन गरेका छन् । अध्यक्ष थापाले पार्टीले विधान बमोजिम उनीहरुलाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन् । मनोनयन हुनेमा मकवानपुरका राजाराम बर्तौला समेत रहेका छन् । राप्रपाका विश्वास पात्रका रुपमा रहेका बर्तौला यस अघि पनि पार्टिको पदाधिकारीको जिम्मेवारीमा रहेका थिए । कमल थापालाई हरेक समयमा साथ दिने युवा नेताको रुपमा बर्तौलालाई लिने गरिएको छ ।

थापाले झापाका भक्तिप्रसाद सिटौला, मोरङका केदारनाथ कोइराला,संखुवासभाका बसन्तमान सिंह अधिकारी, काठमाडौँका ईन्द्र चित्रकार, प्रेम कुमार श्रेष्ठ ९प्रवास०, झापाकै राजेश गिरी, कञ्चनपुरका तिर्थराज चटौत र सप्तरीकी रेणुदेवी साहलाई नियुक्त गरेका छन् ।

यस्तै सहायक कोषाध्यक्षमा धादिङका विशेश्वर शर्मा सुवेदीलाई मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif