Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकर मेलाको आय ब्यय बिबरण सार्बजानिक

कुष्माड सरोबर त्रिबेणी धाम बिकास समितिले माघ महिनाको मकर मेलाको आय ब्यय बिबरण सार्बजानिक गरेको छ । मकर मेला बाट ७ लाख १५ हजार रुपैया आम्दानी र १ लाख २९ हजार ७ सय १५ खर्च भएको छ । यो मकर मेलाबाट समितिले ५ लाख १० हजार रकम बचत भएको समितिका कोषाध्यक्ष मणीप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

मेलामा प्रसाद मार्फत १५ हजार ३ सय ९५ रुपैयाँ, बिभिन्न दक्षीणा तथा कपडा खरीदमा १ लाख ४ हजार ७ सय १०  रकम खर्च भएको छ । यस्तै तोरण, ब्यानर, मिडिया खर्च, साउण्ड सिस्टम आदिमा १ लाख  १० हजार ३ सय ४९ रुपैयाँ खर्च भएको सुबेदीले बताउनुभयो । 

यता ब्रतबन्ध बाट २ लाख १९ हजार आम्दानी गरेको छ भने चामल बिक्रि बाट ३५ हजार छ सय ७० रुपैया आम्दामी गरेको छ । यस्तै नगद रसिद बाट २ लाख ७८ हजार दुइ सय ५४ रुपैया आम्दामी गरेको लामीछानेले बताए । कार्यक्रममा बोल्दै नारायाण यातायात ब्यबसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिससित हुँदै गरेको भन्दै कुष्माण्ड सरोबर त्रिबेण धामको प्रसंशा गर्नुभयो । समितिका अध्यक्ष इश्वरी प्रसाद न्यौपाने को अध्यक्षता तथा नारायणी यातायात ब्यबसायी संघका अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, सचिब तारा प्रसाद लामीछाने लगायतले बोलेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०