nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क

नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले अावश्यक अवस्थामा मात्रै सेवा उपयोग गरिदिन आग्रह गरे । ‘निःशुल्क भएपछि धेरै एसएमएस आदान प्रदान हुँदा समस्या हुन सक्छ’ अधिकारीले भने,’अत्यावश्यक अवस्थामा मात्रै यो सेवा प्रयोग गर्न अपील गर्छौं ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् । टेलिकमबाट टेेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।