Thursday, 27th August, 2026
वि.स.

भोलि सार्वजनिक बिदा

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा भोलि जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए।

गत वर्ष सरकारले बिदा कटाैती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाकाे माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयाेगकाे सिफारिसमा बिदा दिने निर्णय गरेकाे हाे। 

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

नागरिक न्युजबाट साभार



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif