nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्प प्रतिरोधि घर पाउँदाको खुसी 

unnamed-1482645418.jpg

मकवानपुर/विनासकारी भूकम्पले मकवानपुुर बुढिचौर ५ कुटडाँडाका खड्गबहादुुर रुम्बाको सात्तो मात्र लगेन, आफू बस्दै आएको घर पनि गर्लम्मै ढलायो । आफ्नो घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएका रुम्बाको परिवारलाई घर बनाउने चिन्ताले सतायो । ऋण खोजेर घर बनाऔं भने पनि तिर्ने आधार छैन, नबनाऔं भने बस्ने आफ्नो घर नहुने । भूूकम्पले फर्काएको खुसी ल्याउने चिन्तामा वर्षभरी डुबेका रुम्बाको खुसी यतिबेला एक गैर सरकारी संस्थाले फर्काइदिएको छ । उनले भूकम्प प्रतिरोधि दुई कोठे घर उपहार पाएका छन् । राडो नेपाल हेटौंडा मकवानपुुरले टियरफण्डको आर्थिक सहयोगमा रुम्बालाई भूकम्प प्रतिरोधि घर निर्माण गरिदिएको हो । 
गाउँमै पाइने ढुुङ्गा माटो, रड अनि सिमेन्टको प्रयोगबाट नव निर्मित निलो कर्कटले चिटिक्क देखिने घरले रुम्बा परिवार मात्र खुसी छैन । गाउँलेसमेत उनको भूकम्प प्रतिरोधि घर बनेकोमा खुसी छन् । भूकम्प प्रतिरोधि घर यसरी बनाउनु पर्दोरहेछ भन्ने कुुरा पनि स्थानीयले रुम्बाकै घर हेरेर जानेका छन् । यसैले त अहिले स्थानीय रुपमा पाइने स्रोत सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधि घर कसरी बनाउन सकिन्छ भन्ने जानकारी तथा सल्लाह लिनका लागि उनको घरमा दैनिक जसो कोही न कोही आइरहेको हुुन्छ । गाउँमै तालिम प्राप्त मिस्त्रिहरुले निर्माण गरेको घरलाई ‘भूकम्प प्रतिरोधि नमूना घर’ नाम दिइएको छ । जग, डिपीसी, शिल्ड,स्टिच, लिन्टेल, रुफब्याण्ड, वालप्लेट, डाँडाभाँटादेखि छाना छाउनेसम्म कार्यमा विशेष ध्यान दिएर घर बनाउनुपर्ने कुरा रुम्बाको घर हेर्नेहरुले बुझेका छन् ।  


उनीमात्र होइन संस्थाले मकवानपुुरको विभिन्न ८ वटा गाविसका हरेक वडामा एक एक वटा यस्तै भूकम्प प्रतिरोधि नमूना घर निर्माण कार्य भइरहेको छ । मकवानपुरगढी, सुकौरा, बुढिचौर, इपापञ्चकन्या, कोगटे, सिस्नेरी, मन्थली र बेनितीमा आर्थिक रुपमा विपन्न, अपाङ्गता भएका, असहाय ७० परिवार भूूकम्प प्रभावितको घर निर्माण कार्य अहिले धमाधम भइरहेको राडो नेपालका अध्यक्ष कृष्ण धिताल बताउँछन् । गैर सरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष समेत रहेका धिताल भन्छन्, ‘गाउँघरमै पाइने स्रोत साधनबाट पनि भूकम्प प्रतिरोधि घर बनाउन सकिन्छ भन्ने जागरणका लागि गरिएको कार्यक्रम सफल हुुँदा खुसी लागेको छ । ’ 
संस्थाका सूचना व्यवस्थापन अधिकृत विष्णु धितालका गाउँका अनुसार वडा नागरिक मञ्च, गाविस सचिव संयोजक रहेको स्थानीय विपद् व्यवस्थापन समिती लगायतसंग समन्वय गर्दै भूकम्पको पूूर्ण क्षेतिको सूचीमा परेका अति विपन्नका परिवारका लागि घर निर्माणमा सहयोग गरिएको हो । संस्थाबाट सहयोग पाउनेले राज्यबाट भने अनुदान नपाउने अधिकृत धिताल बताउँछन् । 


राडोले यसअघि मकवानपुरकै आग्रा र टिष्टुङ गाविसमा पनि ३८ परिवारलाई भूकम्प प्रतिरोधि नमूूना घर निर्माण गरी हस्तान्तरण गरिसकेको कार्यक्रम प्रबन्धक हरेराम वाग्ले बताउँछन् । ‘यि दुुई गाविसमा निर्माण गरिएका भूकम्प प्रतिरोधि नमूना घर जसले पाएका छन् उनीहरुमात्र खुसी छैनन, गाविसबासी नै लाभान्वित बनेका छन् । ’ वाग्ले भन्छन, ‘हामीले निर्माण गरी हस्तान्तरण गरेको घर हेरेर अरुलाई पनि भूकम्प प्रतिरोधि घर बनाउन सघाउ पुगेको पाएका छौं । ’ नमूना घरसंगै एउटा टु्वाइलेट, सुधारिएको चूल्हो, अर्थिङ्, सोलार टुकी, गटर पाइप समेत सहयोग गरिएकाले नमूना घर साँच्चैको सबैको हेर्ने लायक भएको आफूले पाएको उनको भनाई छ ।  
वाग्लेका अनुसार राडो–टियरफण्डको सहयोगमा ति दुई गाविसमा नमूूना घरका अलावा करिब ६ सय राज्यको अनुुदान निती अनुुरुप निर्माण कार्य धमाधम भइरहेका छन् । संस्थाले भूकम्प प्रतिरोधि नमूूना आवास निर्माण परियोजना अन्तर्गत भूकम्प प्रतिरोधि घर निर्माण मिस्त्रि तालिम, भूकम्प प्रतिरोधि घर निर्माण र भूकम्प प्रतिरोधि आवास सम्बन्धि समुदाय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।   

 तस्बीर ः बुुढिचौर ५ कुुटडाँडाका खड्गबहादुर रुम्बाको नव निर्मित भूकम्प प्रतिरोधि नमूना घर । 

शिव चौलागाईं