Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भीमफेदीमा सुमो दुर्घटना, ७ जना घाइते(नामसहित)

ac-1514358958.jpg

मकवानपुरको भीमफेदी–६ जुरिखेतमा यात्रुवाहक सुमोजीप दुर्घटना भएको छ । हेटौंडाबाट काठमाण्डौँ जाँदै गरेको ना १ च १९३९ नं. जीप दुर्घटनामा परेको हो ।
साँघुरो बाटोमा विपरित दिशाबाट आइरहेको अर्को जीपलाई बाटो दिँदा उक्त जीप सडकबाट करिव १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जीपका चालक सागर खड्कासहित सातजना यात्रु घाइते भएका छन्  ।
घाइते हुनेमा बिन्दा दाहाल, श्रृजना चौँलागाइ, रुपा चौँलागाइ, राजकुमार घलान, जिवन शाह, प्रकृति मानन्धर लगायत छन् ।
घाइतेमध्ये चालक सागर र रुपा चौलागाइ गम्भीर रहेको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रका डा.अमर दीप मण्डलले बताए ।
दुर्घटनाको जानकारी पाउनेवित्तिकै इलाका प्रहरी कार्यालय भीमफेदीका असई बोधप्रसाद यादबको नेतृत्वमा प्रहरी टोली उद्धारको लागि गएको थियो । भमिफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना तथा ६ नंं वडा अध्यक्ष सीताराम थापा, जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घाइतेको  उद्धार गरिएको भीमफेदीबाट संचारकर्मी सुरेन्द्र थिकेले जानकारी दिए ।