Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदी कारागारमा कुटाकुट, ६ जना घाइते

मकवानपुरको भिमफेदी कारागारमा कैदीबीच दुईपक्ष झडप हुँदा ६ जना कैदी घाइते भएका छन् । १३ पौष दिउँसो भएको घटना घाइतेहरुलाई उपचार गर्नुपर्ने भएपछि समाचार बाहिर आएको हो । 

जेलर चिरञ्जीवी थापा का अनुसार भीमफेदी कारागार नयां कक्ष "ख" मा केही बन्दी हरूले चौकीदार "चाईनिज" भनिने व्यक्तिलाई घेराबन्दी गरि आक्रमण गर्दा आक्रमणकारी माथी चौकीदारूचाईनिजूका आन्तरिक सुरक्षाकर्मीबाट प्रतिकार हुंदा ६ जना घाईते भएको बताइएको छ । झडपका क्रममा जेलका बन्दी दिव्य श्रेष्ठ, सुरेश थिङ, सुवास प्रधान, बाबु रेग्मी, मधु गिरी र आशिष राई घाइते भएका हुन् । 

घाइते मध्येमा चारजनाको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । दुईजना कैदीको उपचारपछि फेरि जेल चलान गरिएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रारम्भमा प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदिमा उपचार गरेको मेडकल अधिकृत डा.अमरदिप मण्डलले जानकारी दिए ।

-सुरेन्द्र थिंके/भिमफेदी



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०