Sunday, 23rd August, 2026
वि.स.

भालुको पित्तसहित मकवानपुर कैलाशका हरिबहादुर र रामबहादुर प्रहरी फन्दामा

Pitta-1594609731.jpg

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ का दुईजना भालुको पित्तसहित पक्राउ परेका छन् ।  

संरक्षित वन्यजन्तु भालुको पित्तसहित  महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट भालुको पित्त किनबेच गरिरहेको अवस्थामा कैलाश गाँउपालिका –१ वरभञ्ज्याङका २७ बर्षीय हरिबहादुर मोक्तान र सोहि गाँउपालिका डाँडाखर्कका २७ बर्षीय रामबहादुर लामा पक्राउ परेका हुन् । 

महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०