Sunday, 30th August, 2026
वि.स.

भारतबाट आएका १६ जनामा कोरोना संक्रमण

dhading-1591611568.jpg

 भारतबाट आएर क्वारेन्टाइनमा बसेका धादिङका १६ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेटाइनमा रहेकामा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा रहेका बेला नीलकण्ठ नगरपालिकाले गरेको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी पीसिआरका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो ।

आरडीटीमा पोजिटिभ देखिएपछि स्वाब संकलन गरी जेठ २४ गते लगिएकोमा सोमबार कोरोना रिपोट पोजिटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । नीलकण्ठ माविको क्वारेन्टाइनमा रहेकाहरुमध्ये १६ जनामा कोरोना पोजिटिभ देखिएपछि कोरोना व्यवस्थापन समितिको बैठक बसिरहेको छ । उनीहरु कहिले भारतबाट आएका थिए र उनीहरुसँगै आएकाको खोजी गरिने स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ । 

योसँगै धादिङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २२ पुगेको छ । त्रावती डवजोङ गाउँपालिका वडा नं ३ का एक पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । 

धुनीबेसी नगरपालिका ३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका ५ की २३ वर्षीया महिला र नीलकण्ठ नगरपालिका ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०