Monday, 31st August, 2026
वि.स.

बिहान उठेर मेथीपानी पिउँदा यतिधेरै फाइदा !

download-1564717823.jpg

Homeस्वास्थ्यबिहान उठेर मेथीपानी पिउँदा पाइन्छ यतिधेरै फाइदा !

बिहान उठेर मेथीपानी पिउँदा पाइन्छ यतिधेरै फाइदा !

मेथी भन्नेबित्तिकै सायद सबैको मुख तितो भएर औला तर भनिन्छ औसधी सधै तितो हुने गर्दछ । हो, मेथी पनि एक औषधीय गुणले भरिएको छ । यदि तपाई यसको फाइदाको बारेमा जान्न चाहनुहुन्छ भने तपाइले बिहान उठेर मेथी पानी पिउन एकदमै जरुरी छ ।

मेथीपानी खानुका फाइदा:

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ। यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ।

श्रोत : सिधा नेपाल