Friday, 21st August, 2026
वि.स.

बिर्खे अञ्जानद्वारा जनकल्याणलाई एक लाखको पुस्तक

जन कल्याण माध्यमिक बिद्यालयको स्वर्ण जयन्तीको अबसर पारेर थाहा नगरपालिकाको  युवा साहित्यकार बिर्खे अञ्जानले एक लाख बराबरको पुस्तक हस्तान्तरण गर्न लागेका हुन्। अञ्जान सोही बिद्यालयमा अध्ययन गरेका बिद्यार्थी हुनुको साथसाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो परिचय स्थापित गर्ने पहिलो साहित्यकार हुन्।

२०५७ सालको  एसएलसी  ब्याजका अञ्जानका आधा दर्जन सँयुक्त लेखनका कृर्ति र दुई वटा एकल पुस्तक सार्वजनिक भैसकेका छन् ।आफुलाइ ज्ञानको ज्योति प्रदान गरेको बिद्यालयको ५० अौ बर्ष गाँठमा स्वर्ण  जयन्ती मनाउदै गर्दा सो बिद्यालयमा पढ्दै गरेका बिद्यार्थीहरूमा साहित्य सिर्जनामा अभिरुचि बढोस् भन्ने उद्देश्यले साहित्यका बिबिध बिधामा छापिएको किताबहरू अञ्जानले हस्तान्तरण गर्न लागेका हुन्।

माघ २१ गते नेपालकि प्रथम राष्टपति बिद्यादेवी भण्डारीको हातबाट प्रदान गर्न लागेको पुस्तक पहिलो चरणमा १५० थान हस्तान्तरण गरिने छ।दोस्रो चरणमा बाकी पुस्तक बिद्यालयको पुस्तकालयमा हस्तान्तरण गरिने कुरा बिर्खे अञ्जानले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif