Saturday, 29th August, 2026
वि.स.

बालबालिकालाई कुन समयमा घाममा राख्ने ?

1-1607153694.jpg

नेपालीमा प्रायः नवजात शिशु देखि ५ बर्ष सम्मका बालबालिबालाई घाममा राखेर तेल लगाइदिने प्रचलन छ । घाम भिटामिन डि को मुख्य  स्रोत हो । तर जुनसुकै समयमा घाम ताप्दा  स्वास्थ्यमा नकारात्मक असर पर्ने बिज्ञहरु बताउँछन् । 

बिज्ञका अनुसार, सुर्य किरणामा भएको पराबैंगनी किरणहरू बालबालिकाको छालाको कोषको डि एन ए मा क्षति पुर्याई लामो अन्तरालमा क्यान्सरको सम्भाबना बढाउँछ । पराबैंगनी किरणहरू दिउँसोको घाममा बढि हुन्छ । 

त्यसैले बालबालिकालाई १० बजे अगाडि र ४ बजे भन्दा पछाडिको घाममा राख्दा घामको फाइदा लिन सकिन्छ । साथै त्यसको नकारात्मक असरबाट बालबालिकालाई बचाउन पनि सकिन्छ । 

गहुगोरो छाला भएका नेपाली बालबालिकालाई घामले मात्र भिटामिन डि को सम्पुर्ण मात्रा पुरा नहुने हुनाले भिटामिन डि आपुर्ति (बच्चाको दुध मात्र खाने बालबालिकालाई बाहेक) सबैलाई १ बर्ष सम्म दिनु अनिवार्य भएको बिज्ञले बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०