Thursday, 3rd September, 2026
वि.स.

बाम गठबन्धनबाट ओली प्रधानमन्त्री बन्दै

kp..-1518667668.jpg

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले ३ फागुनमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

राष्ट्रपतिबाट ओलीलाई ३ फागुनमै नै प्रधानमन्त्री नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष  दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन ३ फागुनमा पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पाटर्थी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

अन्नपूर्ण पोस्टमा खबर छ ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif