Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेशको कोरोना कोषमा नेपाल बैंकको ५ लाख सहयोग

nepal-1585724404.jpg

बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंकले ५ लाख रकम सहयोग गरेको छ । बैंकका हेटौंडा शाखा प्रमुख यामनाथ दाहालले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन।बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारले गर्न लागेको काममा सहयोग गर्न रकम हस्तान्तरण गरिएको बैंकका शाखा प्रमुख दाहालले बताए।

 बैंकले गरेको सहयोग प्रति धन्यवाद दिदै सरकार एक्लैले मात्र चाहेर नहुने भन्दै मुख्यमन्त्री  पौडेलले  विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताए । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह गरीरहन सुझाव दिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

nepal-1585724410.jpg