Monday, 24th August, 2026
वि.स.

बलात्कार आरोपमा थाहानगरका एकसहित तीन जना थुनामा

छोरी, भाउजू र किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

भाउजूलाई बलात्कार गर्ने देवर, १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा र किशोरीलाई कोठामा डाकेर बलात्कार गर्ने युवकलाई जिल्ला अदालतले  थुनामा राख्ने आदेश दिएको हो । 

भाउजुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका देवरलाई पनि अदालतले थुनामा राख्ने आदेश दिएको छ । थाहा नगरपालिकाका ४१ वर्षीय देवरले ५४ वर्षिया विधवा भाउजुलाई गत चैत १३ गते घरमै बलात्कार गरेका थिए ।

हेटौडा उपमहनगरपालिका—७ का ४२ वर्षीय बुबाले छोरीलाई पटक/पटक बलात्कार गर्दै आएका थिए । पीडा खप्न नसकी छोरीले जिल्ला प्रहरी हेटौडामा उजुरी दिएकी थिइन । उजुरी आधारमा बुबालाई गत फागुन २४ मा प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी, किशोरीलाई कोठामा डाकेर बलात्कार गरेको आरोपमा एक युवकलाई पनि पुर्पक्षका लागि थुनामा राख्न अदालतले भनेको छ ।

त्यस्तै, १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने २६ वर्षीय विनोद भन्ने विनोज हुमागाईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हुमागाईले बालिकालाई हेटौडा उपमहानगरपालिका–५ स्थित आफ्नै कोठामा डाकेर गत चैत ३ मा बलात्कार गरेका थिए । उनलाई चैत ४ मा प्रहरीले पक्राउ गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०