Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश ३ राजनधानी अन्त सर्दैन-देउवा

deuwa-1543300297.jpg

नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा तोकेको प्रदेश ३ को राजधानी हेटौंडामा अन्यत्र कायम नहुने बताएका छन् । ११ मंसिरमा मकवानपुरे समाज काठमाडौंले देउवालाई ज्ञापनपत्र बुझाउने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने म प्रधानमन्त्री हुँदा तोकेको राजधानीलाई कायम राख्ने जिम्मा अहिलेको सरकार र प्रदेशसभाको हो । 

यसका लागि सबै एकजुट हुन आवश्यक छ । देउवा निवास काठमाडौं बुढानिलकण्ठमा पुगेर ज्ञापनपत्र बुझाएका मकवानपुरे समाज काठमाडौं टिमलाई उनले हेटौंडाबाट राजधानी नसर्ने विषयमा ढुक्क हुन आग्रह गरे । 

उनले आफु र आफ्नो पार्टीको तर्फबाट जोडतोड प्रयास जारी राखेको बताउँदै अहिलेको सरकारले कुनै प्रदेशको राजधानी पनि सार्ने कोशिस गर्न नहुने जिकिर गरे । राजधानी कायम गर्ने विषयमा चर्चा चलिरहेको अवस्थामा मकवानपुरे समाजले सबै पार्टीका नेतृत्व तहका पदाधिकारी र सरकारको नेतृत्व पक्षलाई हेटौंडा राजधानी हुनुपर्ने भन्दै विभिन्न माग र स्पष्टिकरण सहित ज्ञापन पत्र बुझाउँदै आएको छ । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समाजले ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाउन देउवा निवासमा समाजका अध्यक्ष अरुणकुमार गुरुड, रमेशराज बज्राचार्य, श्याम महत, राजेश महर्जन, जीवन बस्नेत, दिलिप श्रेष्ठ, निमा लामा, सरोज लामा, रोशन शर्मा, सरिता कार्की, केशव अधिकारी, अर्जुन गौतम, मच्छेन्द्र लाल नकर्मीलगायत मकवानपुरबासीको सहभागी रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif