Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय

प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा लालपुर्जा दर्ता गरे रजिष्टे«शन शुल्कलाई ५ सयबाट घटाएर १ सय मात्र लिने निर्णय गरेको छ ।

२८ कार्तिककै मन्त्रीपरिषदको बैठकले करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि २०७५’ स्वीकृत गरेको प्रदेश सरकारका प्रवत्ता कैलाश ढुंगेलले जानकारी दिए । 

त्यसैगरी प्रदेशमा स्थापना भएका आयोजनाहरुमा आयोजनागत अस्थायी दरबन्दि स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिए । । यसैगरी प्राईभेट ट्रिपरको बार्षिक कर ३५ हजार र भाडाको ट्रिपरको कर २९ हजार कायम गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif