Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश ३ मन्त्रिपरिषदको बैठकबाट १६ वटा निर्णय

प्रदेश ३ मन्त्रीपरिषदको २९ पौषमा बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको एकिकृत वस्तीको लागि जग्गा उपलब्ध गराउन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै सामाजिक बिकास मन्त्रालयले पेश गरेको प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा अध्ययन कार्यदल गठन गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आर्थिक ऐन, २०७५ संशोधन सम्बन्धमा, प्राकृतिक श्रोत शुल्कको बिषय पनि पारित गरेको छ । यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको गाई प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पाडा पालन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, उच्च प्रजननमानको बोयर जातको बाख्रा श्रोत केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि २०७५ को स्विकृत, बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, दुध चिस्यान केन्द्रका लागि चिलिङ्ग भ्याट स्थापना कार्यविधि २०७५, साझेदारीमा आधारीत पशु वधस्थल स्थापना तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पिग एण्ड पोर्क पार्क निर्माण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, डिप बोरिङ निर्माण तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, कृषि यान्त्रीकीकरण प्रबद्र्धन सम्बन्धी कार्यविधि २०७५ को मस्यौदा र सहकारी संघ संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि २०७५ को मस्यौदा स्विकृत गर्ने निर्णय गरेको छ । 

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको विभिन्न प्रदेशका लागि आवश्यक जग्गाको स्वामित्व हस्तान्तरण गर्न अनुरोध गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif