Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश ३ को स्थायी राजधानी कहाँ ? हुने भो मतदान

प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई छ । तर, नेकपाभित्रै हेटौंडा कि काभ्रे भन्ने बहस चर्को छ । मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा भएपनि बहुसंख्यक विपक्षमा छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले भने, ‘राजधानीबारे सहमति जुट्ने अवस्था छैन, त्यसैले मतदानमा जाने निर्णय भएको छ ।’ उनका अनुसार प्रदेशसभाको अबको बेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश हुनेछ र एकएक जिल्लाको नाम प्रस्ताव गरेर मतदान हुनेछ । जुन जिल्लाको प्रस्ताव दुई तिहाईले पारित हुन्छ, त्यहीँ स्थायी राजधानी तोकिनेछ ।

पुस ८ गतेबाट मतदान प्रक्रिया सुरू हुने छ ।

-अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif