Wednesday, 26th August, 2026
वि.स.

प्रदेश ३ को पाँच सहरमा विद्युतीय बस संचान गरिने

प्रकाश अधिकारी
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएकाछन् ।  काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए ।  

सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाएकाछन् ।  “हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उहाँले भन्नुभयो, “संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार छौं ।” 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले चालू आवमा रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले महानगरमा टेम्पो विस्थापित गर्ने नीति लिएको समेत बताए । प्रदेश ३ सरकारका प्रमुख सचिव आनन्द ढकालले साझा यातायातसंग ‘गुडविल’ र पर्याप्त अनुभव भएकाले साझासँगै सहकार्य गर्न आतुर रहेको धारणा राखे ।

साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न चाहेको बताउनुभयो । साझाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क र विद्यार्थीलाई रु १० मा साझाले यात्रु सेवा उपलब्ध गराएको र साझासँग हाल ५१ वटा बस रहेको उहाँले जानकारी दिए । 

-रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif