Wednesday, 2nd September, 2026
वि.स.

प्रदेश नं. ३ को स्थायी राजधानी हेटौंडा बनाउन नेता थापाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा प्रदेश नं। ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएको बताएका छन् । उनले राजधानी हेटौंडा हुनुपर्नेमा समर्थन रहने बताए । 

राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । 

मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दावी गरे। बन्दै गरेको फास्ट ट्रयाक, धरान–चतरा राजमार्ग, हेटौंडा–काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुने समेत उनले बताए ।

हेटौंडालाई प्रदेश राजधानी बनाउन तत्कालीन समयमा आफूले खेलेको भूमिका आफ्नो कर्तव्य र जिम्मेवारी भएको भन्दै थापाले सबै दलहरुले हेटौंडालाई राजधानी बनाउन सघाउ पुर्‍याउनुपर्नेमा जोड दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif