Friday, 21st August, 2026
वि.स.

प्रदेशसभा ३ को बैठक मंसिर १० गते, स्थायी राजधानीको विषयले प्रवेश पाउला ?

Prov-3-Samsad-2-1-1542939323.jpg

प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइएको छ । घटस्थापनाको दिन स्थगित भएको बैठक लामो समयपछि बोलाइएको हो । 

प्रदेश राजधानीको बिषयमा सहमति जुटाएर मात्र बैठक बस्ने भनिए पनि प्रदेशसभा सचिवालयमा ५ वटा विधेयक अड्किएकाले त्यसलाई छलफलमा ल्याउन र अन्य केही विषय टुङ्गो लगाउने गरी बैठक बोलाइएको हो । १० गतेको प्रदेशसभाको वैठकमा राजधानीको विषयले भने प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताए ।

प्रदेश राजधानीको बिषयमा सहमतिपछि मात्रै बैठक बोलाउने तयारी भए पनि अझैसम्म सहमति नभएपछि अड्किएको विधेयक पारित गराउन बैठक बोलाइएको सभामुख श्रेष्ठले बताए । प्रदेशसभाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सिध्याएको छ । यस्तै प्रदेश कार्य सञ्चालन कोष–२०७५ विधेयकमाथि अर्थ तथा विकास समितिले दफावार छलफल गरेको छ ।

‘प्रदेश सवारी दर्ता तथा यातायात सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको पनि दफावार छलफल सकिएको छ । ‘प्रदेश खेलकुद परिषद् स्थापना तथा सञ्चालन विधेयक’को पनि दवाफार छलफल सकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

दफावार छलफल सकिएको विधेयकहरु सम्बन्धित संसदीय समितिले प्रतिवेदनसहित अबको प्रदेशसभाको वैठकमा पेश हुने छ ।

सरकार गठन भएको करिब १० महिना भइसक्दा पनि कानुनको अभावले प्रदेश सरकारले स्थायी राजधानीको बिषयलाई लिएर लामो समयसम्म प्रदेशसभा बैठक नबस्ने र सभामा पेश भएका बिधेयक अड्किँदा प्रदेश सरकारले काम गर्न नसकेको आरोप प्रदेश सांसदहरुले लगाउँदै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif