Wednesday, 2nd September, 2026
वि.स.

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिइएको छ।  अमेरिकास्थित केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक तीलबहादुर श्रेष्ठले संघीय अनुसन्धान ब्यूरो बाल्टिमोर, एमडीमा प्रचण्डविरुद्ध १७ मार्चमा उजुरी दिएका हुन् । 

उजुरीमा प्रचण्डलाई आतंककारीको संज्ञा दिइएको छ। उजुरीमा भनिएको छ, "आतंककारी पुष्पकमल दाहाल प्रचण्ड यही साता अमेरिका भ्रमणमा आउने जानकारी आएको छ। केही समयअघि उनी अमेरिकन आतंककारी सूचीमा थिए। उनले गरेको विद्रोहमा १७ हजारभन्दा बढी मानिसहरु मारिएका थिए। उनी श्रीमती सीता दाहालको उपचारका लागि जोन हकिन्स अस्पतालमा जाने बताइएको छ।"

प्रचण्ड अमेरिका पुग्नुअघि नै उनले उजुरी दिएको पाइएको छ । उजुरीमा आतंकवादविरुद्धको अमेरिकन नीति , नैतिक मान्यता, आन्तरिक र अन्तर्राष्ट्रिय कानूनी मान्यताहरुका विषयप्रति ध्यान दिन आग्रह गरिएको छ। उनले उजुरीमा भनेका छन्, "मलाई कहाँ उजुरी गर्नुपर्छ भन्‍ने विषयमा थाहा छैन । कृपया सम्बन्धित निकायमा पठाइदिनुहोला।"

प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि १७ मार्चमा नै अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका पुगिसकेको उनकी छोरी रेणु दाहालले जानकारी दिइन् । 

-बाह्रखरीडटकमबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif