Wednesday, 2nd September, 2026
वि.स.

पौष ११ मा बस्ने प्रदेशसभा बैठकमा प्रदेश–३ को राजधानीको विषयमा छलफल हुने

प्रदेश नंबर ३ को आगामी पुस ११ गते हुने प्रदेशसभा बैठकमा प्रदेशको राजधानी तथा नामाकरणको विषयले प्रवेश पाउने भएको छ । प्रदेश ३ मा महत्वका साथ लिइएको प्रदेशको नाम र राजधानीको विषयमा आगामि बैठकमा प्रवेश पाउने संभावना उच्च रहेको प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकको तयारी स्वरुप ९ पुसमा कार्य ब्यवस्था परामर्शसमितिको बैठक हुने श्रेष्ठले जानकारी दिए । कार्यब्यवस्था परामर्श समितिको बैठकले ११ पौषमा हुने बैठकको अजेण्डा तयार पार्ने उनले बताए ।

काठमाण्डौँमा जारी नेपाली कांग्रेसको महासमितिको बैठक नसकिएको र अन्य विविध कारणले बैठकमा ढिलाई हुनपुगेको सभामुख श्रेष्ठको भनाई रहेको थियो 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif