Sunday, 23rd August, 2026
वि.स.

पोखरीमा डुबेर मकवानपुरमा एक बालकको मृत्यु

 हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तिस्थित पोखरीमा डुबेर मंगलबार बिहान डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

नयाँबस्ती घर भएका स्थानीय अस्मिन थिङको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । खेल्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु भएको जनाइएको छ । 

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानमा रहेको माण्डु हाइड्रोपावरमा २७ साउन नै एक जनाको शव फेला परेको छ । हाइड्रोपावरको पानी जम्मा गर्ने स्थानमा एक पुरूषको शव फेला परेको हो ।

फोहोर सफा गर्ने क्रममा वाग्मती खोलाले बगाइ ल्याएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि हेटौंडा ल्याउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०