nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पूर्व रथी शर्मा सीसीएमसीको कार्यकारी निर्देशकमा नियुक्त

Bala-nanda-sharma-1621909100.jpg

सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

१० जेठमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसीमा जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति मातहत आएको थियो । जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन् ।

नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो । नयाँ अध्यादेशले कोभिड–१९ निर्देशक समिति अन्तर्गत सीसीएमसी रहने व्यवस्था गरेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)