Wednesday, 2nd September, 2026
वि.स.

पिताको स्मृतिमा काँग्रेस नेता बानियाँले गरे एम्बुलेन्स सहयोग

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई  एम्बुलेन्स र एम्बुलेन्स संचालनका  लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन्। बानियाँले स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेका हुन। एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बानियाँले मानवताको धर्म नै सेवा हो र त्यसैको फलस्वरुप आफूले स्वास्थ्यसेवामा सकेको सहयोग गर्दै आईरहेको अवस्थामा राईगाउँ स्वास्थ्यचौकीलाई स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स र सुरुको अवस्थामा एम्बुलेन्स संचालनको लागि ५० हजारसमेत जम्मा गरेको बताए।

 एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि  कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै बानियाँलाइ धन्यवाद दिइन् । नेतृ डिनाले कम्युनिष्टहरुले पटकरपटक जित हासिल गर्दापनि फर्केर नहेर्ने र अर्को क्षेत्रमा जितेर पनि यो क्षेत्रमा आएर सहयोग गर्ने मन भनेको कांग्रेसको मात्रै रहेको बताइन।यसअघि नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरेका थिए ।

बागमती २ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif