Wednesday, 26th August, 2026
वि.स.

पालुङ जेसिजले ग-यो संसदीय बैठक प्रणालीसम्बन्धी तालिम 

पालुङ जेसीजले शनिबार थाहा नगरमा संसदीय बैठक प्रणालीसम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । 

जेसीजका पदाधिकारी, सदस्यहरु त्था विभिन्न संघसंस्थाका नेतृत्वमा रहेका व्यक्तिहरुको सहभागितामा तालिम भएको हो । नेपाल जेसीजका राष्ट्रय कार्यकारी उपाध्यक्ष रविन पोखरेलले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए ।

तालिममा बैठक, बैठकका प्रकार, असल बैठकका विशेषताहरु, बैठकको कार्यविधि, बैठक सञ्चालन प्रक्रिया, प्रस्तावहरु, निर्णय प्रक्रिया लगायतका विषयबारे सैद्धान्तिक तथा प्रयोगात्मक सत्रहरु सञ्चालन गरिएको सहभागी नेपाली काँग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले बताए । 

तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रय कार्यकारी उपाध्यक्ष रविन पोखरेलले गरेका थिए । पालुङ जेसीज वर्ष २०१९ का अध्यक्ष कुमार नेगीको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रम्ख अतिथि पोखरेल, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल , पूर्व अध्यक्ष सहदेव ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरु  सहदेव ढकाल, सानोभाइ कार्की, सुरेन्द्रमान प्रधान, भरत गोपाली, ओमकर विष्ट, शिवकुमार खत्री लगायतको आतिथ्यता रहेको सो तालिम समापनको अवसरमा सहभागीहरु अनिता विष्ट र नवराज कार्कीले तालिम उपलब्धीमुलक रहेका बताए । तालिममा सहभागी विभन्न संघसंस्थाका प्रतिनिधिले जेसीजले अपनाएको बैठक प्रणाली प्रभावकारी रहेको भन्दै आआफ्नो संस्थामा पनि लागू गर्ने बताए । 

तलिम समापनको अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रशिक्षक पोखरेललाई पालुङ जेसीजको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । पालुङ जेसीज वर्ष २०१९ का महासचिब मनोज रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif