Friday, 28th August, 2026
वि.स.

पहिलो चरणको दोस्रो प्राथमिकताको खोप अभियान सुरु

khop1-1613296153.jpg

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । आइतबारदेखि खोप अभियान सुरु भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको लागि खोप अभियान फागुन ८ गतेसम्म चल्ने छ ।

खोप अभियानमा सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, राजधानीभन्दा बाहिरका पत्रकार लगायतले यो अभियान अन्तर्गत खोप लगाउन पाउने छन् ।   त्यस्तै पहिलो प्राथमिकतामा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविकाहरू, एम्बुलेन्स चालक, सहचालक र शव वाहन चालकहरूलाई पनि यो अभियानमा खोप दिइने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif