Sunday, 28th June, 2026
वि.स.

परेवाभीर खण्डमा सडक बनाउन सांसद खतिवडाले ल्याए दुई करोड

Khatiwoda-1599224359.jpg

–मनहरीबाट धादिङ जोड्ने छोटो दुरीको सडक निर्माणका लागि अबरोध मानिएको परेवाभीर खण्डमा व्यवस्थित सडक निर्माणका लागि संघीय सरकारको तर्फबाट दुई करोड रुपियाँ बिनियोजन भएको छ ।

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको पहलमा परेवाभीर खण्डको सडक निर्माणका लागि अर्थ मन्त्रालयले २ करोड रुपियाँ बिनियोजन गरेको हो । मन्त्रालयले परेवाभीर खण्डमा बाटो बनाउनका लागि राक्सिराङ गाउँपालिकाका लागि ससर्त अनुदानको रुपमा २ करोड रुपियाँ उपलब्ध गराउने भएको हो । आधिकारिक पत्र लेखेर मन्त्रालयले राक्सिराङ गाउँपालिकाले ससर्त अनुदानको रुपमा रकम उपलब्ध गराउने ग्यारेन्टी गरेको सांसद बिरोध खतिवडाले जानकारी दिनुभयो ।

६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने परेवाभीर खण्ड निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक बर्षमा बजेट कार्यान्वयन हुने गरी बहुबर्षीय ठेक्का आह्वान गरिसकेको छ । अब थप दुई करोड रुपियाँ संघीय सरकारको समेत थपिएपछि परेवाभीर खण्ड अर्काे आर्थिक बर्षसम्ममा निर्माण भइसक्ने अपेक्षा गरिएको छ ।

मनहरी–मलेखु जोड्का लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै नयाँ सडकको परिकल्पना गरिएको छ । प्रदेश सरकारले पनि यो खण्डलाई पुष्पलाल चक्रपथ नाम दिएर बजेट बिनियोजन गरेको छ । तर, परेवाभीर खण्डमा बजेट हाल्न नसकिने भएकाले बिकल्प खोजिने भन्दै प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले सार्बजनिक अभिव्यक्ति दिएपछि विवाद बढेको थियो ।

सो क्रममा सकेसम्म प्रदेश सरकारले नै यो खण्ड टुंग्याउनुपर्ने र आवश्यक पर्ने रकम संघीय सरकारबाट व्यवस्थापन गर्ने आश्वासन सांसद खतिवडाले दिनु भएको थियो । सोही बमोजिम अर्थ मन्त्रालयबाट बजेट व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

-मनहरीलाइभबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०