thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

पदमपोखरीस्तरीय भलिबलको उपाधि भोर्ले ‘ए’ लाई

हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडा कार्यालय तथा खेलकुद समिति हेटौँडा १२ को आयोजनामा भएको साविक पदमपोखरी गाविस हाल हेटौँडा १२ र १३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ को भोर्ले युवा क्लब ‘ए’ ले जितेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित हात्तिगौँडामा २० असोजमा भएको फाईनल खेलमा हात्तिगौँडा युवा क्बल ‘ए’ लाई पराजित गर्दै भोर्लेले उपाधि कब्जा गरेको हो ।

निकै नै रोमाञ्चक बनेको फाईनल खेलमा पहिलो सेट हात्तिगौँडाको पक्षमा आएता पनि  ४ सेट मध्ये ३ सेटमा हात्तिगौँडालाई भोर्लेले पराजित गरेको हात्तिगौँडाबाट मनोज लामाले जानकारी दिएका छन् । उपाधि जितेसँगै भोर्ले ‘ए’ नगद २० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता हात्तिगौँडा ‘ए’ ले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । त्यस्तै हेटौँडा १३ ले तेस्रो स्थानमा चित्त बुझाउँदै नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै बुद्ध मा।वि।ले प्रतियोगिताको अनुशासित टिम बन्दै एक हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी भोर्ले ए का बुद्धिकृष्ण दंगाल र उत्कृष्ट सेटर हात्तिगौँडा ए का राजन स्याङ्तान घोषित भएका छन् । उत्कृष्ट स्पाईकरका रुपमा हात्तिगौँडा ए कै अमिर थिङ र उत्कृष्ट ब्लकर भोर्ले ए का प्रविण दंगाल र उत्कृष्ट डिफेन्सका रुपमा हात्तिगौँडा ए का मनोज लामा घोषित भएका छन् ।

विजेता, उपविजेता तथा अन्य उत्कृष्ट खेलाडीहरुलाई समापनमा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलान, वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । असोज १८ गतेदेखि संचालित खेलमा वडा नम्बर १२ र १३ का विभिन्न टिमहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०