Thursday, 3rd September, 2026
वि.स.

नेमकिपाकी सिर्जना सैंजु बनिन् एक्ली समानुपातिक सांसद्

नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । पार्टीको भातृ संगठन क्रान्तिकारी विदार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट यसअघि पनि युवा महिलालाई सभासद् बनाएको थियो ।

यसपटक नेमकिपाले प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन सकेन ।

सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif