Thursday, 27th August, 2026
वि.स.

नेपालमा ४१ हजार क्षयरोगी उपचारको पहुँच बाहिर

h-1616563800.jpg

 नेपालमा ४१ हजार क्षयरोगका बिरामी उपचार पहुँच बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा ४१ हजार बिरामी नआएकाले चुनौती थपिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए । 

अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा वार्षिक रुपमा ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने उनले बताए ।  निजी स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका क्षयरोगीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीभित्र ल्याउने प्रयास क्षयरोग केन्द्रले गरिरहेको उनले सुनाए । 

आर्थिक वर्ष ०७६/०७७ मा १ लाख जनसख्या बराबर ९३ जनामा क्षयरोग देखिएको थियो । नेपालमा २४ मार्चको दिन ‘संकेतको समयको, क्षयरोगको अन्त्य’ भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदैछ । यस्तै क्षयरोग केन्द्रका योजना, मूल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले नेपालमा २५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको जानकारी दिए । कोरोना महामारी तीव्ररूपमा फैलँदा ७ जना क्षयरोगीको मृत्यु भएको उनले बताए ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif