Wednesday, 26th August, 2026
वि.स.

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

covide-death-1599218111.jpg

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । मृत्यु हुने महिलामा काठमाडौँका ३ जना र एक जना चितवनका महिला रहेका छन् ।

त्यस्तै सप्तरीका २ जना, धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif