nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा (एस) थाहानगर अध्यक्षमा गोपाली [हेर्नुहोस् नामावली]

मकवानपुरको थाहा नगरमा एकीकृत समाजवादीको पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । 

आज बुधबार भएको भेलाले सानुकाजी गोपाली अध्यक्ष र हरिबहादुर स्याङ्तान सचिव रहेको ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा युवा संघ नगर कमिटीका पदाधिकारी एवं सदस्यलाई आजै पद तथा गोपनियताको सपथ पनि खुवाइएको छ ।  

भेलामा २ सय ५० जना बढीको उत्साहजनक सहभागिता रहेको जनाइएको छ । 

भेलाका प्रमुख अतिथी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट हुनै नसक्ने भएकाले दुई तिहाईको भार थेग्न नसकेको बताए । ओलीले दम्भ देखाइरहेको बताउँदै नेता पोख्रेलले आगामी चुनावमा कम्युनिष्ट विरोधी ओलीको दम्भ जनताले तोड्ने चेतावनी दिए । ओली र ओलीले नेतृत्व गरेको एमालेले जनभावना भन्दा पनि आफू कमाउने दिशामा लागेको बताउँदै अब गाउँगाउँमा गएर एमालेले गरेको कर्तुतलाई आम जनताका बीचमा पु¥याउँनुपर्नेमा जोड दिए । उनले ओलीमा अहिले राजा बन्ने रहर जागेकोले एमाले अब कम्युनिष्ट नरहेको उल्लेख गर्दै विचार शून्य भएपछि धार्मिक एजेन्डा बोकेर हिडेको बताए । ‘पानीको बोत्तल र बिजुलीको पोलमा फोटो टाँसेर अब नेता भइदैन । ’ उनले भने । 

यस्तै,पार्टीका जिल्ला सचिव विष्णु दाहालले सूर्य चिन्ह पहिला रुपचन्द्र विष्टको चुनाव चिन्ह भएको स्मरण गर्दै चिन्ह भन्दा पनि विचारको पछि लाग्नुपर्नेमा जोड दिए । विकासघरमा भएको भेलामा पार्टी बागमती प्रदेश कमिटी सदस्य गौतमबुद्द लामा, कल्याण विक्रम घलान, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष एवं पार्टी मकवानपुरका सचिवालय सदस्य किरणमान बल, पार्टीका थाहा नगरका इन्चार्ज इश्वर रुम्बा, पार्टी सचिवालय सदस्य डम्बर लामा, जिल्ला सदस्य मधुकर कार्की, नवराज अर्याल, डम्बरबहादुर लामा लगायतको आतिथ्यता थियो । 

भेला नेकपा (एस) नेता सानुकाजी गोपालीको सभा अध्यक्षतामा भएको हो । 

हेर्नुहोस् नेकपा (एस) थाहानगर कमिटीका पदाअधिकारीकाे नामावलीः

हेर्नुहोस् युवा संघ नेपालका थाहानगर पदाअधिकारीकाे नामावलीः



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)