Wednesday, 26th August, 2026
वि.स.

नीतिगत कारणले निजी आवास निर्माणमा ढिलाईः अध्यक्ष मल्ल

मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीतिगत समस्याका कारण भुकम्पपछिको निजी आवास निर्माणमा ढिलाई भएको बताइका छन् । ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालको आयोजनामा १८ पौषमा राक्सिराङ गाउँपालिकाको चैनपुरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले भुकम्पपछिको निजी आवास निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए । 

उनले गाउँपालिकाले भुकम्पपछिको निजी आवास निर्माण कार्यलाई छिटो सम्पन्न गर्न छुट्टै ईकाई स्थापना गरी काम सुरु गरेको बताउँदै भुकम्पले क्षति नभएपनि निजी आवास निर्माणका लागि अनुदान लिएकाहरुलाई रकम फिर्ता गर्न आग्रह गरे ।  ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालले भुकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रमका सहभागीहरुले भुकम्पबाट क्षति भएकाहरुपनि लाभग्राही सूचीमा नपरेको र क्षति नभएकाहरुले अनुदान भएको बताए । 

उनले भुकम्प पीडितहरुको गुनासोको सम्बोधन गर्न र अनुदान वितरण प्रणालीलाई प्रभावकारी बनाउन माग गरे । कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल मकवानपुरका कार्यक्रम अधिकृत प्रमिला थिङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर शेरचन्द्र श्रेष्ठ र प्राविधिक विनेश श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द्रसिंह प्रजा, वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण प्रजा, वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष टेकराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif