Monday, 24th August, 2026
वि.स.

नियमित औषधि सेवन गर्ने बिरामीलाई वडामै सेवा

थाहानगरका बृद्धबृद्धा, दीर्घ रोगीहरुले नियमिति सेवन गर्ने र नगरपालिका क्षेत्रमा उपलब्ध नहुने औषधिका लागि दौडधुप गर्न नपर्ने भएको छ । यसका लागि नगरपालिकाले औषधि सम्बन्धीत वडामै पु¥याउने व्यवस्था गर्ने भएको छ । ति विरामीहरुले लाग्ने रकम र औषधिको विवरण आफ्नो वडा कार्यालयहरुमा टिपाएपछि नगरपालिकाले अन्यत्रबाट उक्त औषधि झिाकाउन समन्वय गर्ने निर्णय भएको छ ।

लामो समयसम्म लकडाउन हुँदा नियमित औषधि सेवन गर्नेहरुको समस्यालाई सहजीकरण गर्न नगरपालिकाले यो कामको शुरु गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । ‘सेवन गरिरहेको औषधि स्थानीय क्षेत्रमा नपाउँदा बढेको जोखिमलाई कम गर्न यस्तो कामकोे थालनी गरिएको हो’ प्रमुख विष्टले भने–‘लकडाउनका बेला औषधि लिन जान नपाएर नागरिकले ज्यानसम्म गुमाउनु पर्ने हुन्छ त्यसैले उनीहरु मार्फत विवरण संकलन गरी स्वास्थ्य शाखको संयोजनमा हामी बचाउँछौं ।’ यसका लागि थाहा नगरपालिकाले वडामा विवरण संकलन गर्ने व्यवस्थाको लागि परिपत्र गरिसकेको छ । 

थाहा नगरपालिकामा मुटुरोगी, मानसिक रोगीलगायतका कडा रोगीहरु रहेका छन् । उनीहरु दैनिक औषधि सेवनमा रहेको स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०