Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नागरिकको समस्यालाई मध्येनजर गर्दै इन्द्रसरोवरमा गाउँगाउँमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

IMG_4961sasu-1594999711.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको ५ वटै वडा मार्फत गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया सुरु गरेको छ । सामाजिक दूरी कायम गर्दै वडाध्यक्ष, सचिव र कार्यालय सहयोगी लगायतको कर्मचारीहरु मार्फत वडाका गाउँ, टोल तथा साविकका वडाहरुमा पुगी भत्ता वितरण गर्न सुरु गरेको हो । शुक्रबार वडा नं ३, ४ र ५ ले वडामा नै भत्ता वितरण गरेको छ भने लगातार एक हप्ता सम्म वडाको विभिन्न गाउँ तथा टोलमा पुगेर भत्ता वितरण गर्ने तालिका रहेको वडा सचिबहरुले जानकारी दिनुभएको छ ।  वडा नं १ र २ ले पनि १÷२ दिनमा नै भत्ता वितरण सुरु गर्ने जनाएको छ ।

सरकारले बैंक खातामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन गरेको छ । तर गाउँपालिकामा एकवटा मात्र बैंक रहेको, कोरोनाको कारण लकडाउन, बर्षाको समय, बाढीपहिरोको जोखिम र भौगोलिक दृष्टिकोण लगायतका विषयलाई मध्येनजर गरी सामाजिक सुरक्षाको तेस्रो किस्ताको नगद गाउँमा नै पुगेर वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो ।

दिनहु जसो परिरहेको पानीका कारण लगातार पहिरोको जोखिम रहँदा वृद्धवृद्धा, अपांगता र अशक्त नागरिक बैंकसम्म पुगेर भत्ता लिन कठिनाइ हुने भएकाले सरकारको निर्देशन भन्दा पनि नागरिकको समस्यालाई गम्भिर रुपमा लिनुपर्ने भएकाले सो भत्ता गाउँ गाउँमै पुगी वितरण शुरु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाको ३ वटा वडा यस अघि नै भत्ता वितरण बैंकिङ प्रणाली गैसकेको थियो भने २ वटा वडा यहि तेस्रो किस्तामा बैंकिङ प्रणालीमा जाने तयारीमा रहेको थियो । यसरी बैंक मार्फत वितरण गर्ने तयारी गरे पनि लकडाउनका कारण टोल टोलमै गई सो भत्ता वितरण कार्यलाई निरन्तरता दिने भएको वडा नं २ का वडा अध्यक्ष राजुमान महर्जनको भनाइ छ । बैंकिङ प्रणालीमा गइसकेका वडा नं ४ ले भने यो पटक अत्यन्तै जोखिम हुने भन्दै गाउँमा नै भत्ता वितरण गर्न गाउँपालिकाले निर्णय गर्नु अगाबै वडाले निर्णय गरेको वडा सचिव मनिषा अधिकारीले बताउनु भयो । कोरोनाको महामारी सँगै अन्य विविध कारण यसपटक सामाजिक सुरक्षाको भत्ता वितरणको प्रक्रिया ढिला भएको गाउँपालिकाले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।