Tuesday, 1st September, 2026
वि.स.

नयाँ पुस्तालाई रुपचन्द्र विष्ट चिनाउन लेकाली माविमा कविता वाचन हुने

मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ९ मा रहेको लेकाली बसीफाँट माध्यामिक विद्यालयले विद्यार्थी, अभिभावक तथा स्थानीयहरुसँग थाहा आन्दोलनबारे चर्चापरिचर्चा गर्ने भएको छ । 

रुपचन्द्र विष्टको २० औ स्मृति दिवस ७ असारको अवसरमा कार्यक्रम गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।  स्मृति दिवसलाई मध्यनजर पारेर असार ६ गते सो कार्यक्रम गरिन लागेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले जानाकारी दिए । अध्यक्ष लामाले संचारकर्मीहरुसँग कुरा गर्दै रुपचन्द्र विष्ट र उनले चलाएको थाहा आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले मात्र नभएर थाहा आन्दोलनमा लागेका पुराना पुस्ताहरुसँग पनि थाहाको विषयमा परिचर्चा गरिने बताए ।

बसीफाँट माविका प्रधानाध्यापक एलएल मण्डलले विद्यार्थीको सिकाईमा थाहाका दर्शनलाई जोड्ने र समय सान्दर्भिक बनाउने धाराणा व्यक्त गरे । विद्यालयका शिक्षक एस लामाले हेटौडा, काठ्माडौ र थाहानगरका दुई दर्जन भन्दा बढि स्रष्टाहरुले साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा थाहाका अभियान्ता एवम् प्रत्यायोजित समितिका सभापति रामनारायण विडारीको उपस्थिति रहने आयोजकले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif