nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 21st May, 2024
वि.स.
1000043965-1707579226.jpg

धादिङको चार वटै प्रदेशसभामा बाम उम्मेदवार विजयी

धादिङको चारै प्रदेशसभामा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत विजयी भएका छन् । बामगठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन् । जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन् । जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माअ‍ोवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो । सिंम्खडाको मतान्तर १ हजार ८ सय ३१ रहेको छ ।

-पाविलन्युजबाट



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)