Sunday, 30th August, 2026
वि.स.

दुई प्रकारका औषधि बिक्री वितरणमा रोक

aushadi-1594197586.jpg

 औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको हो ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई विभागले भनेको छ । विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०