Wednesday, 2nd September, 2026
वि.स.

थाहा ५ ठूलो फाकलमा काँग्रेसको सदस्यता वितरण

Congress-1544005385.jpg

नेपाली कांग्रेस थाहा नगरपालिका ५ ठूलो फाकलमा १९ मंसिरमा क्रियाशिल सदस्यता वितरण गरिएको छ । थाहा ५ का बयोबृद्ध नेता लालबहादुर भोम्जनको सभाध्यक्षता तथा पार्टीका जिल्ला सचिव आनन्द कठायतको प्रमूख आतिथ्यतामा क्रियाशिल सदस्यता वितरण गरिएको हो ।

कार्यक्रममा अतिथिहरु पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यद्वय भीमबहादुर भोम्जन र सुनिल अधिकारी, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, क्षेत्रीय सदस्यहरु  गणेशबहादुर पाख्रिन, शिव थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्रियाशिल सदस्यता ४४ जनालाई वितरण तथा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका ५६ जनालाई प्रमूख अतिथि कठायतलगायत अतिथिहरुले सदस्यता वितरण गर्नुभएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Congress-1544005387.jpg






Thaha-002-1774415222.gif