nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमा महेश बर्तौलाको उद्घोष–‘रुपचन्द्र विष्टको बाटोमा अब म हिड्छु’

315414141_234409899907849-1668693162.jpg

१ मङ्सिर २०७९,विहिबार                                           
                                                            
     मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट उम्मेदवार महेश कुमार बर्तौलाले रुपचन्द्र विष्टकाे शालिक नजिकबाट बोल्दै बिरोध खतिवडालाई राजनीतिमा ल्याएको तर रुपचन्द्रकै राजनीति सकाउनका लागि खतिवडा लागिपरेको वताउनु भएको छ । मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोट बजारमा एमालेले गरेको काेणसभालाई संबोधन गर्दै उहाँले रुपचन्द्र विष्टले गरेका अधुरा सपनालाई अब आफुले पुरा गर्ने र त्यही बाटोमा हिड्ने वताउनुभयो । रुपचन्द्रको संझना गर्दै उहाँ भाबुक पनि हुनुभयो । 
                                                            खतिवडाले त्यतीबेला चुनाव जितेपछी रुपचन्द्रको राजनीति सकाउन पनि लागिपरेको आरोप लगाउनुभयो । रुपचन्द्रको चेला भन्नेहरु र विष्टको नजिकमा हिडेकाहरु खतिवडालाईनै अहिले काँधमा बोकेर हिडेकोमा बर्तौलाले आपत्ति जनाउनुभयो । थाहा आन्दोलनका योद्धाको शिक्षाबाटनै आफु अगाडी बढ्ने उहाँले वताउनुभयो ।

थाहा नगरपालिका, भीमफेदी लगायतका क्षेत्रलाई पर्यटक करिडोर निर्माण गर्ने प्रतिवद्धता बर्तौलाले वताउनुभयो । जिल्लाको उत्तरी क्षेत्र थाहा क्षेत्रलाई तरकारी र पर्यटकिय केन्द्रका रुपमा अगाडी बढाउने वताउनुभयो ।
                                                           कार्यक्रममा सहभागिहरुले एमालेका युवा नेता र बौधिक नेतालाई उम्मेदवार ल्याएकाले चुनाव जिताउने वताएका छन् । कार्यक्रममा गायीका चन्दा अर्याल र गायक दिनेश थापाले गित प्रस्तुत गर्दा सबै नाचगानमा रमाएका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

315414141_234409899907849-1668693164.jpg