nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिका वडा नम्बर २ ले गर्यो खेलाडी सम्मान

game-1-1553508165.jpg

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको विनय बाबु स्मृति प्रतिष्ठानका खेलाडीहरुलाई २ नम्बर वडा कार्यालयले ए समारोहकाबीच सम्मान गरेको छ । 

थाहानगरको चित्लाङको विसिङ्खेलमा यसअघि सम्पन्न नगरस्तरीय अन्तर वडा भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको प्रतिष्ठानमा आवद्ध खेलाडीहरुलाई सम्मान गरिएको हो । थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खेलाडीहरुलाई उनले खेलाडीहरुलाई टिका लगाएर सम्मान गरेका थिए ।

थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको विशेष आतिथ्य रहेको थियो । सम्मान कार्यक्रममा थाहा नगरपालिका खेलकुद विकास समिति उप समितिका संयोजक तथा ३ नम्बर वडा अध्यक्ष राजेश केसी, कार्यपालिका सदस्य जानुका ढकाल, वडा सदस्यहरु सृजना बि.क., विष्णु बहादुर थापा, पालुङ जेसीजका अध्यक्ष कुमार नेगी, दामन एफ.एम.का इच्छापूर्ण कार्कीलगायतकाको आतिथ्यता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)