Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाको संघीय बजेट बढ्यो
आर्थिक वर्ष २०७८/७९ मा रु. ४३ करोड ५५ लाख विनियोजन

Thahaa-nagarpalika-1622778944.jpg

आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरपालिकालाई संघीय सरकारले उपलब्ध गराउने अनुदान रकम वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आगामी वर्षका लागि संघीय बजेट झण्डै रु. डेढ करोडले बढेको हो । 

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ मा थाहा नगरपालिकाको लागि रु. ४३ करोड ५५ लाख विनियोजन गरेको छ । संघीय सरकारले सबै प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट भाषणमार्फत् अनुदानको घोषणा गर्ने क्रममा थाहा नगरपालिकाको लागि सो रकम विनियोजन भएको हो । 

चालु आर्थिक वर्षमा थाहाको लागि संघीय सरकारले समानीकरणतर्फ रु. १३ करोड, सशर्ततर्फ रु. २७ करोड र समपुरकतर्फ रु. २ करोड गरी कूल रु. ४२ करोड अनुदान बिनियोजन गरेको थियो । 

आगामी वर्षका लागि संघीय सरकारले थाहा नगरपालिकालाई समानीकरण  अनुदान रु. १३ करोड ४७ लाख, सशर्त अनुदान रु. २७ करोड ३५ लाख, विशेष अनुदान रु. १ करोड ८ हजार र समपुरक अनुदान रु. १ करोड ६५ लाख उपलब्ध गराउने भएको छ । आगामी वर्षको कूल अनुदानमध्ये चालुतर्फ रु. ३८ करोड ६९ लाख र रु. पूँजीगततर्फ ५ करोड ९४ लाख रहेको छ । 

थाहा नगरपालिका संघको बढी अनुदान पाउने मकवानपुरको १० पालिकाहरु मध्ये दोस्रो हो ।  हेटौँडा उपपहानगरपालिकाले रु. १ अर्ब १ करोड ९१ लाख पाउने भएको छ । 

इन्द्रसरोवर गाउँपालिकालाई रु.२० करोड ६७ लाख, कैलाशलाई रु.२६ करोड २३ लाख, बकैयालाई रु.४० करोड, बागमतीलाई रु.३१ करोड ३३ लाख, भीमफेदीलाई रु.३३ करोड ६३ लाख, मकवानपुरगढीलाई रु.३८ करोड ९७ लाख, मनहरीलाई रु.३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई रु.३० करोड ३८ लाख बजेट विनियोजन गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०