Wednesday, 26th August, 2026
वि.स.

थाहा दिवसको अवसरमा पालुङ क्याम्पसमा निबन्ध प्रतियोगिता

THAHA1-1546576137.jpg

 

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५ औ जन्मजयन्तीको अवसरमा पालुङ बहुमुखी क्याम्पसस्तरीय निबन्ध लेखन प्रयोगिता सम्पन्न भएको छ । थाहा नगरपालिकासंगको समन्वय तथा फरकसोच अभियानको आयोजनामा प्रतियोगिता भएको हो । विष्टको जन्मजयन्ती यहि पौष २६ गते पर्दछ । यस दिनलाई थाहा दिवसको रुपमा मनाईदै आएको छ । 
‘रुपचन्द्र विष्ट र थाहा दर्शन’ विषयक निबन्ध लेखन प्रतियोगितामा ७ जनाले विद्यार्थीले भाग लिएका छन् ।  कार्यक्रममा पालुङ बहुमुखी क्याम्पस प्रमुख रामहरी अधिकारी, प्राध्यापकहरु दिपकसिं विष्ट, राजन मिश्र, तोयानाथ काफ्ले, प्रकाश पौडेल तथा फरक सोचका रामकुमार कार्की तथा सुरजकुमार भुजेलको विशिेष उपस्थिती रहेको थियो । 
विष्टको जन्म जयन्तीको अवसरमा मावि स्तरीय हाजिरी जवाफ, दशजोड दुईस्तरीय वक्तृत्वकला प्रतियोगिता, महिला पुरुष खुल्ला दौड प्रतियोगितालगायतको कार्यक्रमहरु संचालन हुने फरकसोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । फरकसोच अभियानले वर्षेनी रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा विधि कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif